रुपन्देहीका सिडिओ अस्मान तामाङलाई खुला पत्र !

0
882

दार्चुला, जेठ ३ गते ।

Humanity Foundation ले सुदूरपश्चिमका लागि पठाएका सिलिन्डर रुपन्देहीका सिडिओद्वारा बाटैबाट अपहरण गरिएकाे समाचारले मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ । म सम्पुर्ण सुदूरपश्चिमेलीहरुलाई तपाईलाई चिनिराख्न अनुराेध गर्दछु ।

महामारीमा सुदूरपश्चिममाथि सिडिओ साबद्वारा गरिएकाे याे अपराध क्षम्य हुन सक्दैन । आईसियुमा राखिएकाे बिरामीलाई १ मिनेटमात्रै अक्सिजन अवरुद्द भयाे भने उसकाे ज्यान जान्छ! सिडिओ साबले रातभर सिलिन्डर बाेकेकाे गाडी अवरुद्द गर्दा कति जनाकाे ज्यान तलमाथी भयाे हाेला ? र कति जना निकाे हुनै लागेका बिरामीहरु तपाईले अक्सिजन सिलिन्डर अवरुद्द गरेकाे खबर सुनेर हतासिएर फेरी मृत्युकाे मुखसम्म पुगे हाेलान ?

सिडिओ साब, अक्सिजनकै अभावमा आजमात्रै सुदूरपश्चिममा २१ जनाले ज्यान गुमाएका छन् । तिनकाे जिम्मेवारी कसले लिने ? राज्य त यसै निरीह उसै निरीह छ । एउटा सामाजिक सस्थाले दिएकाे दुई चार थान सिलिन्डर पनि किन सुदूरपश्चिम जादै गर्दा अवरुद्द गर्नुभयाे ?  यसरी सुदुरपश्चिमेली जनताकाे ज्यान माथि खेलबाड गर्ने अधिकार कसले दियाे सिडिओ साब ? तपाईले आफ्नै स्वच्छाले अवरुद्द गर्नुभएकाे हाे वा माथिकाे आदेशले ? त्यसरी जनताकाे जनस्वास्थ्यमाथी खेलवाड गर्नेगरी क-कसले आदेश दियाे ?

यस विषयमा यहाँले सत्यतथ्य बाहिर ल्याउनुपर्छ अन्यथा हामी राष्टिय मानव अधिकार आयाेग लगायत राष्टिय तथा अन्तराष्टिय संघसस्था गुहार्न बाध्य हुनेछाै । तपाईले अत्यावश्यक सेवा अवरुद्द गर्नेमाथि कानूनी कारबाही हुन्छ भन्ने कुरा त थाहा छ हाेला नि ? के तपाई आजमात्रै सुदुरपश्चिममा मृत्यु भएका २१ जनाकाे जिम्मा लिन तयार हुनुहुन्छ ? अक्सिजन नपाएरै २१ जनाकाे ज्यान गईसकेपछि अक्सिजन अवरुद्द गर्नेमाथि ज्यान मुद्दा लाग्छ भन्नेकुरा एकचाेटि पुन स्मरण गराउन चाहन्छु । Humanity Foundation ले सुदूरपश्चिमका लागि पठाएका सिलिन्डर तपाईले बाटैमा अवरुद्द गरेकाे विषयमा यथार्थ कुरा बाहिर ल्याईदिन हुन अनुराेध गर्दछु ।

(दुहु गाउँपालिका घर भई हाल काठमाण्डौ बस्दै आइरहेका लेखक महरा अधिवक्ता हुन् ।)