राहतशिविरमा नेपालीहरुलाई गीत गाएर मनोरञ्जन गराउदै धार्चुला प्रशासन र प्रहरी (फोटो फिचर)

0
1681

मञ्जु तिंकरी, २ बैशाख ।

एक हजार भन्दा बढी नेपाली लकडाउनका कारण भारतको पिथौरागढ, धार्चुलाबाट नेपाल आउन पाएका छैनन् । धार्चुलामा अलपत्र परेका नेपालीहरुलाई भारतीय प्रशासनले विभिन्न ५ वटा राहत शिविरमा राखेको छ । धार्चुलाको मिनि स्टेडियम राहत शिविरमा रहेका नेपालीहरुलाई धार्चुला प्रशासन र प्रहरीले मनोरञ्जन गराएको छ । धार्चुलाका पत्रकार शालु दतालले उपजिल्ला अधिकारी अनिल कुमार शुक्ला लाई उद्रित गर्दै नेपालीहरु १५–१६ दिनदेखी आफ्नो घर जान नसकेकाले हौसला बढाउन सांगितीक कार्यक्रम नै गरिएको बताएका छन् ।

मिनि स्टेडियम धारचुलामा रहेको राहत शिविरमा मंगलबार साझँ ७ बजे तिर गित गाउदै एक जना भारतीय अधिकारीले नेपालीहरुलाई मनोरञ्जन गराए
धार्चुला प्रहरीका डिएसपी विमल कुमार आचार्यले पनि गित गाउँदै नेपाली मजदुरहरुलाई मनोरञ्जन गराए
जाजरकोट घर भएका नविन कुमारले पनि गित गाउँदै आफ्नो दुःख पोखे
गीतमा नाच्दै नेपालीहरु
धार्चुलामा रहेको मिनि स्टेडियम र निगलपानीमा रहेको राहत शिविरमा रहेका ३ सय ६८ नेपालीहरुको खाने ब्यवस्थापन एनएचपीसी लिमिटेडले गरेको छ ।
खाना बनाउदै नेपाली

फोटो सहयोग धार्चुलाका पत्रकार शालु दताल ।