राष्ट्रिय स्तम्भ उद्धघाटन गर्न राष्ट्रपति भण्डारी दार्चुला आउदैँ

378

दार्चुला,असोज १४ गते ।
राष्ट्रपति विद्या देवी भण्डारी दोस्रो पटक दार्चुला आउने भएका छन् । दार्चुलाको त्रिदेशिय सिमा क्षेत्र रहेको व्यासँ गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम रहेको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी दार्चुलाको व्यासँ गाउँपालिका भम्रणका लागि निम्तो दिएको अध्यक्ष धामीले बताउनु भयो । गत साउन ९ गते बसेको व्यासँ गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई व्यासँ गाउँपालिका बोलाउने निर्णय भएसंगै राष्ट्रपति भण्डारी दार्चुला आउने बताइएको छ । राष्ट्रपतिले व्यासँ गाउँपालिका आएर राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटघाटमा राष्ट्रपति विद्या देवी भण्डारीले अगामी असोज २७ गते दार्चुला भम्रणमा आउने जानकारी गराएको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिनुभएको छ । यसअघि राष्ट्रपति भण्डारीले विःस २०७६ साल फागुन १५ गते दार्चुलाको मालिकार्जुन मन्दिरको समेत अनुगमन निरीक्षण गरेका थिए । गत भाद्र २५ गते वा यो असोज पहिलो साता आउने कार्यक्रम रहेपनि विविध कारण बस ढिलाई भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !