राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान दार्चुलामा थप तीन जना सदस्य मनोनित

0
1098

दार्चुला, चैत्र ५ गते ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान दार्चुलाले थप तीन जना सदस्य मनोनित गरेको छ । प्रतिश्ठानका अध्यक्ष तथा राष्ट्रिय कलाकार मनोज सिंह धामिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


कलाकारहरु गायत्री रावल, नवीन पार्की र उपेन्द्र सिंह ठगुन्नाको लाई आजको बैठकले मनोनयन गरेको हो । साथै अब चाडै संस्थाको आफ्नै कार्यालय भवन पनि निर्माण गर्नको लागि पहल गरिने अध्यक्ष मनोज सिंह धामिले बताउनु भयो । बैठकमा सल्लाहकार तथा जेष्ठ नागरिक उत्तम बहादुर साउद,प्रथम उपाध्यक्ष भिजराज भट्ट, द्वितीय उपाध्यक्षकर्ण बहादुर भण्डारी, महिला उपाध्यक्ष हरमती ठगुन्ना लगायत जिल्लाका विभिन्न क्षेत्रमा सक्रिय कलाकारहरु उपस्थिति रहेको थियो । कलाकारहरुको आजकै बैठकले नयाँ वर्षको पुर्व सन्ध्यामा विशु पर्व विषेश कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।