राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलालाई जग्गा दान

655

दार्चुला, असोज २५ गते ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुला शाखालाई जग्गा प्राप्त भएको छ ।

शैल्यशिखर नगरपालिका वडा नं ९ का स्थानिय मान बहादुर विष्टले प्रतिष्ठानलाई आठ आना जग्गा दान गरेको सदस्य उपेन्द्र सिह ठगुन्नाले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका ९ मा रहेको उक्त जग्गा मालपोत कार्यालय दार्चुलाबाट प्रतिष्ठानको नाममा आजै पास गरिएको उहाँले बताउनुभयो । दान गरिएको उक्त जग्गामा प्रतिष्ठानको भवन निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका अर्का सदस्य नविन पार्कीले बताउनुभयो । जग्गा दान गर्नुभएकोमा विष्ट परिवारलाई लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुला शाखाले धन्यबाद ब्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !