राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्धघाटन

836

दार्चुला, असोज ५ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्धघाटन गरिएको छ ।
पार्टी एकता नहुदा सम्म नेकपा माओबादी केन्द्रको दार्चुला पार्टी कार्यालय रहेको भवनमा राष्ट्रिय युवा संघको कार्यालय उद्धघाटन गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका संयोजक सुरेन्द्र बमको अध्यक्षता गरिएको उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा नेकपाका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !