राष्ट्रबादी नेता धामीको शालिक अत्तरियामा स्थापना गर्न नेकपा दार्चुलाको माग

0
1203

बिरा दत्त भट्ट, ०७ असार, दार्चुला ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुलाको आइतबार बसेको बैठकले राष्ट्रबादि नेता प्रेम सिह धामीको शालिक स्थापना गर्न प्रदेश सरकार संग माग गरेको छ ।
प्रदेश सरकारले आफ्नो बजेट बक्तब्यमा कैलालीको अत्तरीया चोकमा सम्मान स्वरुप जयपृथ्वी बहादुर सिहँ, दशरथ चन्द, भिमदत्त पन्त र पहलमान सिह स्वारको शालिक स्थापना गर्ने निर्णय गरेकोमा कालापानीको मुद्दा उठाउने राष्ट्रबादी नेता प्रेम सिह धामीको नाम समाबेश नभएकाले धामीको पनि शालिक स्थापना गर्नुपर्ने नेकपा दार्चुलाले माग गरेको छ ।
कालापानीको मुद्दालाई सदन र सडकमा उठाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने राष्ट्रबादी नेता धामीको शालिक पनि सोही ठाउँमा स्थापना गरि दार्चुलेली जनताको भावना सम्बोधन गर्न नेकपा दार्चुलाले प्रदेश सरकार संग अनुरोध गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष गणेष सिह खत्रीको अध्यक्षतामा बसेको बैठकले नेता धामीको अत्तरियामा शालीक स्थापना गरि उहाँको योगदानको सम्मान गर्नका लागी गरेको पार्टीको निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार संग अुनरोध गर्ने निर्णय गरिएको छ ।
राष्ट्रबादी नेता प्रेम सिह धामीले नै उठाएको कालापानीको विषय आज सर्वत चर्चा र बहसको विषय बनेको छ । धामीले उठाएको मागमा सिगो मुलुक उभिएकाले र उहाँले देखाएको बाटोमा सिगो मुलुक हिडेका बेला उहाँको उचित सम्मान गरिनुपर्ने नेकपाका जिल्ला नेता ज्ञानेन्द्र घर्तीको भनाई छ ।
स्वर्गीय राष्ट्रबादी नेता प्रेम सिह धामीले उठाएको माग अनुसार नै सरकारले हाल कालापानी लिपुलेक र लिम्पीयाधुरा सहितको नक्सा जारी गरी नक्साले संबैधानीक मान्यता समेत पाएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका अन्य सहिदहरुको सम्मानका लागी अत्तरीयामा शालीक निर्माण गर्न गइरहेका बेला राष्ट्रबादी नेता धामीलाई विर्सीएको भन्दै नेकपा दार्चुलाका नेताहरुले स्वर्गीय नेता धामीको पनि पुर्ण कदको शालिक स्थापना गरि उहाँको योगदानको कदर गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।