राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाबाट ३९ विद्यालय छनोट

0
353

दार्चुला, भदौ ३० गते ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाबाट ३९ विद्यालय छनोटमा परेका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रम अन्तर्गत भवन निर्माण र आईसिटी ल्याब स्थापना गर्नको लागि जिल्लाका ३९ वटा विद्यालय छनोट भएका हुन् । कार्यक्रमका लागि दार्चुला जिल्लामा सबैभन्दा बढी महाकाली नगरपालिकाका ७ वटा विद्यालय छनोट भएका छन् । जस मध्ये महाकाली नगरपालिकामा ४ कोठे विद्यालय भवन निर्माण अन्तरर्गत ४ वटा विद्यालय छनोटमा परेका छन भने २ कोठे विद्यालय भवन निर्माणमा १ वटा विद्यालय छनोटमा परेको छ । नगरपालिकामा आइसीटी ल्याब दुई वटा विद्यालयमा हुने भएको छ । यस्तै मार्मा गाउँपालिका र नौगाड गाउँपालिकामा समान ५÷५ वटा विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । मार्मा गाउँपालिकामा ४ कोठे विद्यालय भवन निर्माण अन्तरर्गत १ वटा, २ कोठे विद्यालय भवन निर्माणमा १ वटा र आइसीटी ल्याब ३ वटा परेका छन । नौगाड गाउँपालिकामा पनि ४ कोठे विद्यालय भवन निर्माण अन्तरर्गत १ वटा, २ कोठे विद्यालय भवन निर्माणमा १ वटा र आइसीटी ल्याब ३ वटा परेका छन् । यस्तै अपि हिमाल गाउँपालिका ,मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकामा समान ४÷४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । जस अन्तरर्गत अपि हिमाल गाउँपालिकामा ४ कोठे विद्यालय भवन निर्माण १ वटा ,२ कोठे विद्यालय भवन निर्माण १ वटा तथा आइसिटी २ वटा विद्यालय छनोट भएका छन । लेकम गाउँपालिकामा ४ कोठे विद्यालय भवन १ वटा २ कोठे विद्यालय भवन १ वटा तथा आइसिटि विद्यालय भवन २ वटा परेका छन । जिल्लाको शैल्यशिखर नगरपालिकामा ४ कोठे विद्यालय भवन १ वटा २ कोठे विद्यालय भवन १ वटा आइसिटि २ वटा परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले जानकारी दिनु भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ४ कोठे विद्यालय भवन १ वटा २ कोठे विद्यालय भवन १ वटा आइसिटि विद्यालय भवन २ वटा परेका छन । व्यासँ गाउँपालिकामा २ वटा विद्यालय मात्रै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे विद्यालय भवन निर्माणका लागि ३९ वटा विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । चालु आर्थिक बर्षमा दार्चुलाका १८ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुने छ भने २१ वटा विद्यालयहरुमा दुई तथा चार कोठे विद्यालय भवन निर्माण हुनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका जिल्लाभरीका ८५ वटा विद्यालयहरु मध्ये सबैभन्दा बढी जिल्लाको महाकाली नगरपालिकाका ७ वटा विद्यालय छनोट भएका हुन्् । गाउँपालिकाहरुमा ४ कोठे विद्यालय भवनका लागि १ वटा २ कोठे विद्यालय भवन १ वटागरी २ वटा मात्रै परेको समन्वय इकाई प्रमुख पन्तले जानकारी दिनु भयो । व्यासँ गाउँपालिकामा आइसिटि विद्यालय भवन नपरेको बताइएको छ । जिल्लाको दुहुँ गाउँपालिकामा ४ कोठे विद्यालय भवनका लागि १ वटा २ कोठे विद्यालय भवनका लागि १ र आइसिटि २ वटा परेका छन । आइसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २७ लाख ५० हजार तथा ४ कोठे विद्यालय भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।