राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दार्चुलाका ५५ विद्यालय छानिए (सूची हेर्नुहोस )

766
फाइल फोटो

दार्चुला, बैशाख ३ गते ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ५५ ओटा सामुदायिक विद्यालयहरु छनौट भएका छन् ।

जिल्लाको महाकाली नगरपालिकामा १३, शैल्यशिखर नगरपालिकाका ५, अपिहिमाल गाउँपालिकाका ६, दुहूँ गाउँपालिकाका १२, नौगाड र ब्यास गाउँपालिकाका दुई/दुई विद्यालय छनोटमा परेका छन् । त्यसैगरि मार्मा गाउँपालिकाका ५, मालिकार्जुन गाउँपालिकाका ३ र लेकम गाउँपालिकाका ७ वटा सामुदायीक विद्यालयहरु कार्यक्रमका लागि छनोटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २ सय ७८ सामुदायिक विद्यालय छनौट गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौत गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ । छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

दार्चुलामा छनोट भएका विद्यालयहरुको सूची हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस् !