राप्रपा लेकमको पालिका इकाई समिति गठन

0
1210

दार्चुला, कार्तिक ६ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले लेकम गाउँपालिकामा गाउँ इकाई कमिटि विस्तार गरेको छ ।

जिल्ला अधिबेशन सम्पन्न भएका जिल्लाहरुमा वडा र पालिका इकाई गठन गर्ने पार्टीको निर्देशन अनुसार पालिका कमिटिहरु तथा वडा कमिटि गठन कार्य भइरहेको राप्रपा दार्चुलाका अध्यक्ष विर सिह बडालले बताउनुभयो । आज लेकम गाउँपालिकामा पालिका इकाई समिति गठन गरिएको उहाँले बताउनुभयो । गणेष सिह बोहरा अध्यक्ष, कम्मान सिह बोहरा उपाध्यक्ष, राम दत्त भट्ट सचिव र जयन्ती भट्ट कोषाध्यक्ष रहने गरि १५ सदस्यिय समिति गठन गरिएको बडालले बताउनुभयो । साथै आज गोकुलेश्वरमा १० जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि १० जनालाई राप्रापा शैल्यशिखर नगरपालिका अध्यक्ष श्वामी रामानन्द स्वरस्वतीले पार्टीमा स्वागत गरेको राप्रपा दार्चुलाले जनाएको छ ।