रानिशिखरमा प्रहरी चौकी स्थापनाका लागि पहल

1404

दार्चुला, चैत्र २० गते ।

शैल्यशिखर नगरपालिका वडानम्बर ४ रानिशिखरमा प्रहरी चौकी स्थापनाका लागि पहल हुन थालेको छ । रानिशिखरमा रहेको नेपाल टेलिकम टावर र एन्सेल टावरको सुरक्षाका दृष्टिकोणले तथा सिंगो वडा क्षेत्रको सुरक्षाका लागि समेत प्रहरी चौकी स्थापनाको आबश्यकता रहेको वडाध्यक्ष धनिदत्त भट्टले बताउनु भयो ।
वडा नम्बर ४ मा प्रहरी चौकीको आबश्यक देखिएकाले नगरकार्यपालिकामा उक्त विषय पेश गरेको वडाध्यक्ष भट्टको भनाई छ । नगर प्रमुख अमरसिँह धामीको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बुधबारको आकस्मिक बैठकले प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
रानिशिखर क्षेत्रको सुरक्षाका दृष्टिकोणले प्रहरी चौकी आबश्यकता भएकाले नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !