रातारात कालापानी क्षेत्र पुगेर फिर्ता भयो भारतीय हेलिकोप्टर 

0
584
फाइल फोटो

दार्चुला, फागुन २८ गते । 
नेपाल भारत सीमा क्षेत्र धार्चुलाको आकाशमा शनिबार राती देखिएको भारतीय हेलिकोप्टर झण्डै आधा घण्टामा फिर्ता भएको छ । राती साढे ८ बजे कालापानी क्षेत्र तर्फ गएको हेलिकोप्टर झण्डै आधा घण्टामा फिर्ता भएको हो । 

भारतले राती सीमा क्षेत्रमा किन हेलिकोप्टर उडायो त्यो भने यकिन हुन सकेको छैन । आपतको समयमा मात्रै राती हेलिकोप्टर उडान हुने पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष शंकरसिह धामीको भनाई छ । । नेपाली अतिक्रमित भूमिमा भारतले बाक्लो सङ्ख्यामा भारतीय सेना र अर्धसैनिक बल तैनाथ गरेको छ । आधा घण्टामै रातारात हेलिकोप्टर फिर्ता हुनुले सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीका उच्च अधिकारी बिरामी भएको वा दुर्घटनामा परेको हुन सक्ने आशंका छ । भारतले अतिक्रमित भूमि सम्म पुग्ने सडक निर्माण गरेको भएपनि हाल माथिल्लो क्षेत्रमा हिमपातका कारण ठाउँ ठाउँमा अवरुद्ध छ । भने तल्लो क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ ।

सम्बन्धित समाचारः सीमा क्षेत्रमा राती किन उड्यो भारतीय हेलिकोप्टर ?