रक्षाबन्धनको अवसरमा सुदुरपश्चिम प्रदेशमा सार्वजनिक विदा

909

दार्चुला, साउन १८ गते ।
साउन शुक्ल पुर्णीमाको दिन हिन्दु धर्मावलम्बीहरुले मनाउने पर्व रक्षा बन्धनको अवसरमा सुदुरपश्चिम प्रदेशले सार्वजनिक विदा दिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको जेठ २३ गते बसेको मन्त्रीपरिषदको निर्णय अनुसार रक्षा बन्धनका दिन प्रदेश भित्रका सम्पुर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
यस पर्वमा दिदिवहिनीले आफ्ना दाजुभाईको नाडीमा दिघार्य तथा सु–स्वास्थ्यको कामना गर्दै राखी बाधेर मनाउने गरिन्छ । दाजुभाईले पनि आफ्नो गच्छे अनुसारको दक्षीणा दिदिवहिनीलाई दिने गर्दछन् । साथै यसै दिनलाई जनै पूर्णीमा पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने पवित्र धागो जनै पनि यस दिन पुरानो फेरेर नयाँ लगाउने गरिन्छ ।
प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले भाद्र सात गते अतवारी पर्व, पौष २९ गते भुवा पर्व र चैत्र २३ गते खखडेहरा पर्वमा विदा दिने निर्णय गरेको प्रदेश सरकारको राजपत्रमा विदा सम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !