यार्सा संकलनमा रोक लगाएका बेला स्याङ्पा बनमा यार्सा संकलन गरिदै

0
820

कालापानी समाचार दार्चुला । लकडाउनका बेला अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाले यार्सागुम्बा संकलन गर्न रोक लगाएको अवस्थामा ब्यास गाउँपालिकाको स्याङ्पा यार्सा पाटनमा भने यार्सा संकलनका लागि मानिसहरु पुगेका छन् ।
व्यास गाउँपालिका वडानम्बर २ को स्याङ्पा वनमा २५÷३० जना यार्शा संकलन गरिरहेको भेटीएको स्यााङ्पा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र बुढाथोकीले बताएका छन् ।
ब्यास गाउँपालिका र दुहु गाउँपालिकाका केहि स्थानियहरु बन बन्द रहेकै बेला बिना अनुमती यार्शा संकलन गर्न गएकोले सामुदायिक बनको ध्यानाकर्षण भएको अध्यक्ष बुढाथोकीले बताउनुभएको छ । यसरी बन बन्द रहेको बेला कसैले पनि यार्शा संकलन गर्न गए संरक्षण क्षेत्रको कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here