यार्सा संकलनका क्रममा भिरबाट खसेर मृत्यु

0
709
सांकेतिक तस्बीर

दार्चुला, जेठ २३ गते ।
बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका क्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।

दार्चुलाको अपी हिमाल गाउँपालिकाको लोलु यार्सापाटनमा यार्सा संकलन गर्न गएका नौगाड ४ का बर्ष १९ का महेश सिह धामीको मृत्यु भएको छ । मृतक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत रहेको मावि संयोजक जगत सिह चौसिरले जानकारी दिनुभयो । यो सिजनमा मार्मा क्षेत्रमा चार जनाको यार्सा संकलनका क्रममा मृत्यु भएको छ । बैखाश देखि असार सम्म पाइने यार्सा खोज्न विगतमा विद्यालय नै बन्द गरि विद्यार्थीहरु जाने गरेका थिए भने यस बर्ष लकडाउनका कारण यार्सा पाटनमा जान सहज भएको छ । तथापी अपी नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै यस बर्ष यार्सा संकलनमा रोक लगाएको छ ।