यस्तो छ अतिक्रमित नेपाली भूमिको अवस्थिति

1310

१– कौवाक्षेत्र (भारतीय पक्षले यसक्षेत्रको ९० प्रतिशत जंगल फडानी गरिसकेको छ) ।
२– सक्कली र नक्कली महाकाली मिसिएपछिको महाकाली नदी ।
३– सक्कली र नक्कली महाकाली (लिपुखोला) को संगम ।
४– नक्कली महाकाली (लिपुखोला) संग मिसिनुअघिको महाकाली नदी (पानीको मात्रा हेर्नुस्) ।
५– नक्कली महाकाली (लिपुलेक र कालापानी क्षेत्रबाट बगेर आउने लिपुखोला) ।
६– कौवाक्षेत्रबाट गाडीमा काठ ढुवानी गर्न बनाइएको गुञ्जीको मनिला क्षेत्रको सडक ।
७– अतिक्रमित नेपाली भूमि गुञ्जीको मनिलास्थित भारतीय सेनाको हेलिप्याड ।
८– गुञ्जीस्थित एसएसवीको क्याम्प ।
९– गुञ्जीबाट कालापानीतर्फ जाने सडक ।
१० – गुञ्जीक्षेत्रमा संरक्षण गरिएको वन । (लिपुखोला र महाकाली पूर्वको कौवाक्षेत्रको वन भने भारतीय पक्षले फडानी गरिसकेको छ ।)
११ – कालापानी र लिपुलेक क्षेत्र ।
१२ – भारतीय सेनाको क्याम्प ।
१३ – सरकारी कार्यालयहरुको परिसर । (कुमाउँ मण्डल विकास निगम, लोक निर्माण विभाग, सीमा सडक संगठन, भारतीय स्टेट बैंक, व्यापार कार्यालय आदि छन् ।)
१४ – गुञ्जी गाउँ ।
१५ – सक्कली महाकालीमा बनाइएको मोटरपुल । (नदीको पश्चिमतर्फ नपलच्यु गाउँ छ भने पूर्वमा गुञ्जी गाउँ पर्दछ ।)
१६ – गुञ्जीबाट नाभी हुँदै कुटी गाउँतर्फ जाने सडक ।
१७ – गुञ्जी र नाभी गाउँको बीचमा संरक्षण गरिएको वनक्षेत्र ।
१८ – नाभी गाउँ । (गुञ्जीबाट २ किलोमिटरको दूरीमा छ ।)
१९ – कुटी गाउँ र लिम्पियाधुरा क्षेत्र ।
२०– नपलच्यु गाउँ ।
२१– गब्र्याङबाट महाकाली किनारैकिनार बनाइएको सडक ।

तपाईको प्रतिक्रिया दिनुहोस् !