म्याद नाघेका सामान विक्रिमा राख्ने चार पसललाई जरिवाना

0
620

दार्चुला, जेठ २१ गते ।
दार्चुला सदरमुकाम खलंगामा म्याद नाघेको सामान विक्रिमा राख्ने चारवटा पसलहरुलाई जरिवाना गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासान कार्यालय दार्चुलाको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरेको हो । अनुगनका क्रममा चार ओटा पसलहरुलाई १० देखि २० हजार जरिवाना गरिएको छ । म्याद नाघेका अखाद्य सामग्री भेटिएको र मूल्य सूची नराखेकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम चार ओटा पसलहरुलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । अनुगमनका क्रममा मूल्य सूची नराखेका तथा म्याद नाघेका सामग्री भेटिएका पसलहरुबाट म्याद नाघेका सामग्रीहरु बरामद गरिएको छ । मूल्यसूची राख्न र जरिवाना रकम जिल्ला प्रशासन कार्यालयको बाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्न निर्देशन गरिएको छ । सात दिनभित्र जरिवाना रकम खातामा जम्मा नगरे पसल नै शिल सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताउनुभयो । दार्चुलामा जिल्ला स्तरको अनुगमन समितिले बजार अनुगमनका क्रममा पछिल्लो समय चेतावनी दिने मात्रै गरेको भएपनि यस पटक कारवाही समेत गरिएको छ ।