मोहन सिह धामी (विजय) को १८ औँ स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइयो

0
234

दार्चुला,माघ ०३ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ को मौउपानीमा जन्मनु भएका स्वर्गीय मोहन सिह धामीको १८ औँ स्मृति दिवस मनाइएको छ । नेसनल सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस तथा पुरुस्कार वितरण कार्यक्रममा भिम सिंह धामीको अध्यक्षता एवम मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महान सहिद मोहन सिह धामीको फोटोमा माल्यापर्ण गरी उहाप्रति श्रद्धासुमन प्रकट गरिएको नेसनल सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष कल्यान सिह धामी पंकजले जानकारी दिनु भयो । पुरस्कार विरतण कार्यक्रममा स्वर्गिय मोहन सिंह धामीले अध्ययन गरेको शंकर मावि पस्तीमा रहेका ४ जना जेहेनदार विद्यार्थीहरुलाई पुरुस्कार विरतण गरिएको नेसनल सहिद स्मृति प्रतिष्ठानले जनाएको छ । गत वर्ष शंकरपुर मावि पस्तीमा अध्ययनरत छात्रछात्राहरु मध्ये सर्वाधिक अंक ल्याएर प्रथम,दुतिय र तृतिय भएका विद्यार्थीहरुलाई क्रमस ५ हजार ३ हजार र २ हजारका दरले ४ जना जेहेनदार विद्यार्थीहरुलाई पुरुस्कार विरतण गरिएको नेसनल सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष कल्यान सिह धामीले बताउनु भयो । प्रथम स्थानमा शोभा पन्त दुतिय सहदेव धामी र तृतिय बविता धामी र लक्ष्मी धामीलाई पुरुस्कार विरतण गरिएको उहाँले बताउनु भयो । सशस्त्र दन्द्धका बेला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ शंकरमा सहिद मोहन सिह धामी सहित अन्य ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सहिद मोहन सिह धामी,सहिद असिम कार्की,सहिद चर्चित कार्की र सहिद कपिल ठगुन्ना आजकै दिन शंकरपुरमा गोली लागि मृत्यु भएको थियो । स्वर्गीय मोहन सिह धामीको जन्म जिल्लाको मालिकार्जुन गाउँपालिकाको वडा नं २ मौउपानी क्षेत्रमा भएको थियो । उहाँको सम्झनामा प्रत्येक वर्ष आज दिन केही न केही कार्यक्रमहरु हुदै आएको आयोजकले जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रवतmा एवम वडा नम्बर ५ का वडा अध्यक्ष मदन चन्द,अन्य वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका स्थानीयहरुको सहभागिता रहेको थियो ।