मुनस्यारीमा खोलाले बगाउँदा भारत तिब्बत प्रहरीका एक जवानको मृत्यु

0
868

दार्चुला, साउन २९ गते ।
भारतको पिथौरागढ जिल्लाको मुनस्यारी तहशिलमा खोलाले बगाउँदा भारत तिब्बत बोर्डर पुलिस (आइटिबिपी) का एक जवानको मृत्यु भएको छ ।विगत केहि दिनदेखी लगातार भइरहेको भारि बर्षादका कारण खोलाहरुमा समेत पानीको जलस्तर निकै बढेको छ ।
विहीबार आफ्नो छुट्टी पुरा गरेर गाउँबाट भारतीय अर्धसैनिक बल आइटिबिपी युनिटमा फिर्ता भइरहेका ३५ बर्षिय जवान कैलाश जोशीको खोलामा बगेर मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
विहिबार विहान मोटरसाइकलमा आफ्ना भाइ संग मदकोट गाउँबाट जौलजिवि तर्फ गइरहेका आइटिबीपी जवानको मोटरसाइकल खोलाले बगाउदा मृत्यु भएको र उनका भाई अनिल जोशीको स्थानिय अस्पत्तालमा उपचार भइरहेको बताइएको छ ।