मुनस्यारीका चार भारतीय सडकमा १६ करोड बजेट

2144

दार्चुला, पुष २० गते ।
भारतको पिथौरागढ जिल्लाअन्तर्गत मुनस्यारी तहसिलका चार सडकको स्तरोन्नतीका लागि १६ करोड २९ लाख भारतीय रुपैयाँ प्राप्त भएको छ । प्रधानमन्त्री ग्रामिण सडक योजनाअन्तर्गत सडक सुधारका लागि बजेट स्वीकृत भएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
सडक सुधारबाट ३१ गाउँका ११ हजार स्थानीय वासिन्दालाई सुविधा पुग्नेछ । सर्मोली क्षेत्रबाट निर्वाचित जिल्ला पञ्चायत सदस्य जगत मर्तोलियाको पहलमा ४ वटा सडकका लागि बजेट प्राप्त भएको हो । मर्तोलियाले देहरादून पुगेर प्रधानमन्त्री ग्रामिण सडक योजनाअन्तर्गत बजेटको पहल गरेका हुन् । योजनाका मुख्य कार्यकारी अधिकारी उदयवीर सिंहसंगको छलफलपछि सडक सुधारका लागि बजेटको टुंगो लागेको मर्तोलियाले बताउनुभयो ।
मुनस्यारी क्षेत्रका चार सडक सुधारका लागि बजेट विनियोजन गराउन लोकसभा सांसद अजय टम्टाको महत्वपूर्ण भूमिका रहेको जिल्ला पञ्चायत सदस्य जगत मर्तोलियाले बताउनुभयो ।
बजेट प्राप्त भएका सडकहरुमध्ये ८ किलोमिटर लामो घोरपट्टा–वर्नियागाउँ सडकमा ३ करोड ६३ करोड भारु बजेट छ । ४ किलोमिटर लामो चौना–इमला सडकमा ३ करोड १५ लाख, ४ किलोमिटर लामो सेलमाली सडकमा ३ करोड ५० लाख र ११ किलोमिटर लामो डोर–सैणराँथी सडकमा ६ करोड बजेट स्वीकृत भएको छ ।
स्वीकृत भएको बजेटबाट चारवटै सडक कालोपत्रे गरिने भएका छन् । जनवरी पहिलो हप्ताभित्र सबै औपचारिक प्रक्रिया पूरा भएपछि त्यसलगत्तै बजेट कार्यान्वयन गरिने जिल्ला पञ्चायत सदस्य जगत मर्तोलियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !