मिनिट्रक दुर्घटना अपडेटः सहचालकले चलाउदा दुर्घटना भएको आशंका

0
688

दार्चुला, भाद्र ५ गते ।
दार्चुलाको महाकाली नगरपालिका वडा नं ९ बेतमा शुक्रबार राती ८ बजेतिर मिनिट्रक दुर्घटनामा परेको छ ।

दुर्घटनामा सवारी साधनमा क्षती बाहेक अन्य कुनै मानविय क्षती नभएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । घटनास्थलमा उद्धारका लागि राती नै पुगेका डिएसपी भट्टले ट्रकको अगाडीको भागमा क्षती भएको बताएका छन् । ‘भेरि ग्यास बोकेर सदरमुकाम खलंगाबाट गोकुलेश्वर जादाँ दुर्घटना भएको हो, राती पानी परिरहेको थियो, दुर्घटना भएको क्षेत्रमा नेटवर्कले पनि काम राम्ररी नगर्ने भएकाले चालक संग सम्र्पक हुन सकेन, विहान सम्पर्क गरि घटनाबारे बुझिरहेका छौ’ डिएसपी भट्टले भन्नुभयो । मिनिट्रकको चालक चुच्चैमा पार्क गरेर दार्चुला सदरमुकाम फर्किएको र चाबी सहचालकलाई दिएको बुझिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । सहचालक गगन सिह धामी प्रहरीको सम्पर्कमा आएको उहाँको भनाई छ । मिनिट्रक साहुसंग सम्पर्क भइरहेको उहाँको भनाई छ । शुक्रबार बेलुका चुच्चैबाट भरेको ग्यास सिलेण्डर बोकेर गोकुलेश्वरतर्फ गइरहेको से १ ख १०५६ नम्बरको मिनिट्रक राती आठ बेजेतिर दुर्घटना हुदाँ सडकबाट अन्दाजी २० मिटर तल बेतखोलामा खसेको थियो । दुर्घटना हुदाँ मिटिट्रक कसले चलाइरहेको थियो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप जानकारी लिने प्रयास भइरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।