मास्क नलगाई बजारमा घुमीरहेका ३८ जनालाई जरिवाना

0
1073

दार्चुला, असार २२ गते ।

कोरोना महामारी फैलिरहेका बेला मास्क नलगाई बजारमा घुमीरहेका ३८ जनालाई भारतको पिथौरागढमा प्रहरीले जरिवाना गरेको छ ।
बजारमा हिड्दा अनिवार्य मास्क लगाउनुपर्ने स्थानिय प्रशासनले नियम जारी गरेका बेला बजारमा विना मास्क हिडेको पाएपछि पिथौरागढ प्रहरीले जरिवाना भराएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
पिथौरागढ प्रहरी प्रमुख प्रीती प्रीयदर्शनीको निर्देशनमा प्रहरीले मास्क विना हिड्नेलाई जरिवाना अभियान चलाएको छ । ३८ जनाहरुको जरिवाना बाफत ३ हजार ८ सय राजस्व संकलन भएको जनाइएको छ ।