मालिकार्जुन गाउँपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला

1173

विरा दत्त भट्ट, दार्चुला ।

मालिकार्जुन गाउँपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । मालिकार्जुन गाउँपालिकाको वडा नं ८ मेलखेत कि २२ बर्षीय कल्पना सामन्त बुधबार झुण्डीएको अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
मृतक सामन्त बुधबार बेलुका घासँ काट्न भनेर बन गएकि र बनबाट फिर्ता नभएपछि खोजी गर्दा राती ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।
शबको जिल्ला अस्पत्ताल दार्चुलामा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !