मालिकार्जुन गाउँपालिकाका वडाहरूमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु

0
584

दार्चुला, पुस ८ गते । 
मालिकार्जुन गाउँपालिकाका वडाहरुमा आजबाट आर्थिक बर्ष २०७८/०७९ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालयहरूले प्रवाह गरेका सेवा एबं सम्पादन गरेका कार्यहरुको बारेमा आम नागरिकहरूलाई जानकारी दिने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

आज वडा नं १ र वडा नं ७ को सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजनामा तथा रेडियो मालिकार्जुन एफएमको सहजिकरणमा मालिकार्जुन गाउँपालिकाका वडाहरुमा सार्वजनिक सुनवाई कार्यक्रम भइरहेको छ ।
मालिकार्जुन गाउँपालिका वडा नं १ मा कार्यवाहक वडाध्यक्ष वीर सिह धामीको अध्यक्षतामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव ललित राज पन्त जवाफदेहिबत्ता रहनुभएको थियो । मान सिह कुवरविरा दत्त भट्टले कार्यक्रमको सहजीकरण गरेका छन् ।
४० जनाको सहभागिता रहेको कार्यक्रममा ४ जनाले जिज्ञासा तथा सल्लाह सुझाव दिएका छन् । चालु आर्थिक बर्षमा मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा १ सय ३० वटा योजना बस्तीस्तरबाट माग गरिएकोमा १ सय ८ योजना प्राथमिकीकरण गरिएको थियो भने ४२ वटा योजनाहरु कार्यान्वयन भइरहेका छन् ।
जसका लागि पूर्वाधार विकास तर्फका ३९ योजनाका लागि २७ लाख, सामाजिक विकासको क्षेत्रमा २ वटा योजनाहरूका लागि ३ लाख, संस्थागत तथा सुशासनको क्षेत्रमा एउटा योजनाका लागि ३ लाख बजेट विनियोजन गरिएको वडा सचिव ललित राज पन्तले जानकारी दिनुभयो ।
त्यसैगरि राजस्व आम्दानी तर्फ वडा कार्यालयले प्रथम चौमासिक अवधिमा ५१ हजार ८ सय रुपैयाँ राजस्व आम्दानी भएको छ ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ७ मा कार्यवाहक वडाअध्यक्ष धाना धामीको अध्यक्षतामा सञ्चालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव जयादत्त ओझा जवाफदेहिवक्ता  रहनुभएका थिए भने सहजकर्ता मन्जु तिंकरीइश्वरी बुढाथोकीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमका सहभागी मध्ये ५ जनाले गुनासो एवं जिज्ञाशा राखेको सहजकर्ता इश्वरी बुढाथोकीले जानकारी दिनुभएको छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ८४ हजार ४ सय ९७ रुपैया राजश्व आम्दानी गरेको वडा सचिव जयादत्त ओझाले जानकारी दिनुभएको छ । जसमा पञ्जिकरण सिफारिस दस्तुरबापत ७ हजार ७ सय, सिफारिस दस्तुर १० हजार ३ सय ५० रुपैया,व्यवसाय कर ६३ हजार ५ सय र मालपोत कर बाफत २ हजार ९ सय ४७ रुपैया आम्दानी भएको वडा सचिव ओझाले बताउनुभएको छ ।
वडानम्बरजोलजिवीमा वडा कार्यालयबाट छनौट भएका ३६ योजना र गाउँपालिकाबाट ६ योजना तथा कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । ३८ लाख बजेटबाट ३६ योजना तथा कार्यक्रम विनियोजन गरिएको र गाउँपालिकाबाट ६ योजनामा ३२ लाख ५० हजार बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । भोलि वडा नं २ र ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरिनेछ ।