मालिकार्जुन गाउँपालिकामा तालाबन्दी

873

दार्चुला, पुस २४ गते ।
मालिकार्जुन गाउँपालिकामा अनिश्चीत तालाबन्दी गरिएको छ । मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवन थकतोली सार्ने निर्णय गरेको भन्दै शंकरपुर बजार व्यवस्थापन समिति र स्थानियहरुले तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाको प्रशासकिय भवन शंकरपुर बजार क्षेत्रकै आसपासमा हुुनुपर्ने मागसहित व्यापारी लगायत स्थानियले तालाबन्दी गरिएको अनेरास्ववियु शंकरपुरका संयोजक रामसिह धामीले जानकारी दिनुभयो ।गाउँपालिकामा तालाबन्दी हुदा कामकाज ठप्प भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिने सम्पुर्ण कामकाज ठप्प हुदाँ स्थानिय नागरिक समस्यामा परेका छन् । तालाबन्दी गर्ने पक्षले गाउँपालिकाको निर्णय फिर्ताका लागि संघर्ष समितिको गठन गरेको छ । सुरेशसिह धामीको अध्यक्षतामा १५ सदस्यीय संर्घष समिति गठन गरिएको संघर्ष समितिका सचिव मदनसिह धामीले जानकारी दिनुभएको छ । समितिको उपाध्यक्षमा देवकी खत्री र सचिवमा मदनसिह धामी रहेका छन् ।
संघर्ष समितिले पुस २२ गते वसेको गाउँकार्यपालिकाको वैठकले गाउँपालिकाको भवन थकतोलीमा बनाउने निर्णय खारेज हुुनुपर्ने,राज्य पुर्न संरचना समितिलिे वडानम्बर ८ को शंकरपुरमा केन्द्र कायम गरेकोले बजार क्षेत्रकै आसपासमा भवन निर्माण गरिनुपर्ने माग माग राखेको संघर्ष समितिका अध्यक्ष सुरेशसिह धामीले जानकारी दिनुभयो । पुस २७ गतेसम्म उक्त माग पुरा नगरे थप संर्घषका कार्यक्रम अगाडी बढाउने संर्घष समितिका अध्यक्ष धामीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !