मालिकार्जुन गाउँपालिका ३ नम्बर वडा कार्यालयमा तालाबन्दी

0
826

दार्चुला, असार २९ ।
मालिकार्जुन गाउँपालिका ३ नम्बर वडा कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको चैतलीचोर देखि खरकट्या–भौनाला–गजाल–ऐरानी–सन्नी हुदै मेलखेत जोड्ने सडकमा वडाध्यक्ष रुद्रेसिंह धामीले अबरोध गरेका छन् ।
वडाध्यक्षले सडक निर्माणको कार्य बन्द गराएकोे भन्दै स्थानीयहरुले आईतबार ३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्षले नै विकास निर्माणका अबरोध गरेपछि आफूहरुले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय गणेश सिंह धामीले बताउनु भयो ।
सडक निर्माणमा विभिन्न बस्तीका स्थानीयहरुको विवाद रहेकाले सडक निर्माण कार्य आइतबारदेखि बन्द गराएको वडाध्यक्ष धामीको भनाई छ ।
बसेडीका स्थानीयहरुले पनि बसेडी हुदै सडक निर्माण गरिनुपर्ने माग गरेको र गजाल बस्तीका स्थानीयले बसेडी छुटाएर सडक निर्माण गर्न खोजिरहेको वडाध्यक्षको भनाई छ ।
। बैशाख २९ गते मालिकार्जुन गाउँपालिकामा बसेका सर्वपक्षीय बैठकले गरेको निर्णय विपरित वडाध्यक्षले सिफारिस दिएको र सडक निर्माणको कार्य नै बन्द गराएकाले तालाबन्दी गरिएको अर्का स्थानीय आनसिंह धामीले बताउनु भयो ।
भण्डारी घरसम्म सडक निर्माण गरेर गजाल बस्तीलाई सम्बोधन गर्ने गरि सडक निर्माण गर्नु पूर्व सहमति भएपनि अहिले वडाध्यक्षले सडकको काम बन्द गराउने कार्य उपयुक्त नभएको विक्रमसिंह धामीको भनाई छ ।