मालिकार्जुन गाउँपालिकाले कोरोना विरुद्ध ५० लाखको कोष स्थापना गर्दै

0
1685

दार्चुला, चैत्र २४ गते ।

मालिकार्जुन गाउँपालिकाले कोरोना विरुद्ध लड्नका लागी ५० लाखको कोष स्थापना गर्ने भएको छ । गाउँकार्यपालिकाको सोमबार बसेको आकस्मीक बैठकले कोभिड १९ को संक्रमण न्युनिकरणका लागी ५० लाखको कोष स्थापना गर्ने निर्णय गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

आजको बैठकले नै कृत्रिम अभाव सृजना गर्ने व्यापारीहरुको अनुगमन गरि आवश्यक कार्वाहीको सिफारिस गर्ने ,स्वास्थ्य कर्मचारीहरुको लागि पिपिई खरिद गर्ने ,गाउँपालिकाभरि रहेका खाद्यन्न पसलहरु विहान ७ वजे १० वजे सम्म मात्र खुला गर्ने निर्णय गरेको छ ।

साथै उक्त बैठकले असंगठीत क्षेत्रमा कार्यरत श्रमीक तथा असाह्यलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ र कोरोना रोकथाम र नियन्त्रणका क्वारेन्टाइन व्यवस्थापन गर्न मापदण्ड २०७६ पारित गरेको छ ।
राहत प्राप्त गर्नेको लगत संकलन गर्ने , वडा कार्यालयबाट राहत वितरण गर्ने जिम्मेवारी प्रदान गर्ने र सिमापारी बाट आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइन राख्ने , कालोबजारी र वडा अन्र्तगत समन्वय समितिका सदस्यहरुलाई संचार खर्चबाफत ३ सय रुपैया दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।
कोभिढ १९ को रोकथामका लागि गाउँपालिकामा रहेका प्रत्येक स्वास्थ्य संस्थालाई २० हजार रुपैया र ८ वटै वडाकार्यालय लाई २०÷२० हजार रुपैया प्रदान गर्ने, आधारभुत स्वास्थ्य संस्थालाई १० हजार रुपैया उपलब्ध गर्ने, वडानं ५, ६ र ७ मा सिमाबाट आउने सम्भावना भएकोेले थप सुुरक्षा व्यवस्थापन लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने लगायतका निर्णय गरेको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् ।