मालिकार्जुनमा भारतबाट २६० जना भित्रिएः क्वारेन्टाइनमा बसाल्न सचेतना कार्यक्रम

0
1474

पदम बडाल, दार्चुला ।

मालिजकार्जुन गाउँपालिकामा भारतको विभिन्न ठाउँबाट २ सय ६० जना भित्रिएको पाइएको छ । गाउँपालिकाले गरेको तथ्यांक संकलनपछि यो संख्या थाहा पाइएको अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिएका छन् ।
वडा स्तरमा गठन गरिएको वडा स्तरीय समितिले सबै वडाको तथ्यांक लिएको र ८ वडामा पछिल्लो एक महिनामा २ सय ६० जना भित्रिएको पाइएको अध्यक्षले धामीले बताएका छन् ।
मालिकार्जुन गाउँपालिकामा ठूलो संख्यामा भारतबाट स्थानीय भित्रिएको र उनीहरुले गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न नमान्दा आज सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
२ सय ६० जनाले घरमै क्वारेन्टाइनमा बस्ने अध्यक्ष धामीको भनाई छ । अध्यक्ष धामीको नेतृत्वमा वडा नम्बर ८ का अध्यक्ष पदमराज पन्त, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, स्वास्थ्य शाखा सह संयोजक रामदत्त भट्ट, एचए रामसिह खत्री र आइटी कृष्णराज जोशीको टोलीले सडक क्षेत्रमा पर्ने सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
टोलीले पस्ती, एकलखाली, चस्कोट, मडेचौपाता, सानन चौर, भगवती, सेलिचामा, भर्तोला, जौलजिवी, उकु र बाकुमा कार्यक्रम गरिएको अध्यक्ष धामीले जानकारी दिएका छन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई सेनेटाइजर र डिटोल दिने तथा संक्रमण फैलिन नदिन आवश्यक पर्ने सावधान अपनाउन आग्रह गर्ने काम गपरएको उहाँको भनाई छ ।