मालिकार्जुनमा प्रहरीले बालविबाह रोक्यो

796

दार्चुला, बैशाख २३ गते ।
मालिकार्जुन गाउँपालिकामा प्रहरीको पहलमा बालविवाह रोकिएको छ । विहिबार हुन लागेको मालिकार्जुन गाउँपालिका वडा नं २ न्वालपानी क्षेत्रमा एक जोडिको बालविवाह रोकिएको महिला तथा बालवालिका शाखा मालिकार्जुनका प्रमुख आरती शर्माले जानकारी दिनुभयो ।


बुधबार दार्चुला सदरमुकाम खलंगाबाट विहे न्वालपानी क्षेत्रमा गएको थियो । कक्षा ९ मा पढ्ने करिब १७ बर्षिया किसोरीको विहे हुन लागेको जानकारी पाएपछि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको थियो । स्थानियहरुले वाल विवाह हुन लागेको मालिकार्जुन प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरीले वालविवाह रोकेको मालिकार्जुन प्रहरी चौकीका हवल्द्धार हिरा सिह पुजाराले जानकारी दिनुभयो ।
‘केटिको वुवा पहिले नै वितेका रहेछन्, घरमा अभिवाहक आमा मात्रै रहेछन्, आमालाई फोन गरि बालविवाह गरे मुद्धा लाग्ने तथा विवाह नै स्थगित हुने भनि सम्झाई बुझाई गर्यौ’ प्रहरी हवल्दार पुजाराले भन्नुभयो । वालविवाह रोक्नका लागि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली त्यस क्षेत्र तर्फ गइरहेको थियो, राती ८ बजे तिर विवाह स्थगित भएको स्थानियहरुले जानकारी गराएपछि प्रहरी टोली आधा बाटोबाटै फर्किएको हवल्द्धार पुजाराले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकामा बालविवाह समस्याका रुपमा रहेको मालिकार्जुन गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख आरती शर्माले बताउनुभयो । वालविवाह न्युनिकरणका लागि गाउँपालिकाले समेत विभिन्न कदम चालिरहेको र न्युनिकरणका लागि यसरी नै सबैको साथ आवस्यक रहेको शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !