मालिकार्जुनमा ट्याक्टर दुर्घटना, एक जना घाइते

0
580

दार्चुला, चैत्र १२ गते । 
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ धामीगाडामा शनिवार बिहान दश बजेतिर ट्याक्टर दुर्घटनामा परेको छ ।

सडकको काम गरिरहेको कन्सट्रक्सनको ट्याक्टर दुर्घटनामा परेको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । पारस ओडले चलाइरहेको से १ त ५४९६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर बासुदेब जोशी घाइते भएका छन् । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएका जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चालक ओड प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख विश्वकर्माले बताउनुभएको छ ।