मालिकार्जुनमा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक कार्यक्रम जारी

1262

दार्चुला, चैत्र २१ गते ।
मालिकार्जुन गाउँपालिकामा कोरोना भाइरसको संक्रमण सम्बन्धी जनचेतनामुलक कार्यक्रम जारी रहेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी नेतृत्वको टोलीले गाउँपालिकाका विभिन्न वडा तथा टोलहरुमा जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
आज वडा नम्बर ४ मा अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिँह धामीले बताउनु भयो । वडा नम्बर ४ का वडाध्यक्ष चक्रसिँह धामी, वडा सचिव र स्वास्थ्य चौकी प्रमुखसंग कोरोना भाइरसको सक्रमण र लकडाउनका बारेमा अन्तरक्रिया तथा समिक्षा गरेका छन् ।
भारतबाट आएका वडा नम्बर ४ का २७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत गाउँपालिका अध्यक्ष धामीले बताएका छन् । उनीहरु होम क्वारेन्टाइनमा बसेका छन् । अबदेखि भारतबाट आउनेहरुलाई पालिकाको क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भएको छ । वडा र स्वास्थ्यचौकीहरुमा साबुन र सेनिटाइजर उपलब्ध गराइएको छ ।
गाउँपालिका अध्यक्ष धामी नेतृत्वको टोलीमा हालै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, स्वास्थ्य सह–संयोजक रामदत्त भट्ट, स्वास्थ्य चौकी पस्तीका इन्चार्ज रामसिँह खत्री, सूचना अधिकारी कृष्णराज जोशी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !