मालिकार्जुनमा एमालेको कार्यक्रर्ता भेला,,विभिन्न पार्टी परित्याग गरि १३ जना एमाले प्रवेश

0
292

दार्चुला,असोज ०५ गते ।
मालिकार्जुन गाउँपालिकाको पस्तीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार मालिकार्जुन गाउँकमिटीले आयोजना गरेको भेलामा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष सिद्ध राज पन्त सहित विभिन्न पार्टीबाट १३ जनाले एमाले प्रवेश गरेको एमाले मालिकार्जुन गाउँकमिटी सचिव सरेन्द्र सिंह धामीले जानकारी दिनु भयो । एमाले प्रवेश गर्नेहरुमा नेकपा समाजवादीबाट दान सिंह खत्री नेपाली काग्रेसबाट,बंसिधर भट्ट,कपिल पन्त,लक्ष्मी परियार,दत्त पन्त,ईश्वरी धामी,धामी न्यायधिश,राधा पन्त,मन्जु पन्त,दिपा पन्त,सुनिल सिंह साउद र गगन धामी घर फर्क अभियान अन्तर्गत पार्टी प्रवेश गरेका हुन् । नेकपा एमाले मालिकार्जुन गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य,सुदूरपश्चिम प्रदेश सहइन्चार्ज गणेश सिंह ठगुन्ना प्रमुख आतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नेता ठगुन्नाले स्थानिय तह निर्वाचनमा जित हासिल गर्न गराउन सफल सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा जित सुनिश्चित गर्नका लागि तयारीका साथ अगाडी बढ्न आग्रह गरेका छन् । नेता ठगुन्नाले जिल्लाको विकासको लागि विगतदेखि नै एमालेले प्रमुख भूमिका निर्वाह गर्दै आएकाले अबको निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्ने उहाँले बताउनु भयो । कार्यक्रममा नेता ठगुन्नासंगै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मोहन सिंह धामी ,मालिकार्जुन गाउापालिका अध्यक्ष हिरा सिंह धामी,जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामी लगायत नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो ।