मालिकार्जुनको बसेडीमा गाउँघर क्लिनिक उद्घाटन 

0
466
मालिकार्जुनको बसेडीमा गाउँघर क्लिनीकको उद्घाटन गर्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी ।

दार्चुला, माघ ६ गते ।
मालिकार्जुन गाउँपालिकाको वडा नं ३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।  

गाउँघर सम्म सहज स्वास्थ्य सेवा विस्तारका लागि मालिकार्जुन गाउँपालिकाले यसअघि पनि स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका क्षेत्रमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
आज एक औपचारिक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिकाको बसेडीमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । वडा नं ३ का कार्यवाहक वडाध्यक्ष कल्यान सिह सामन्तको अध्यक्षतामा गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी प्रमुख अतिथि रहनुभएको थियो भने जग्गादाता मानसिह धामी विशिष्ट अतिथि रहनुभएको थियो ।
गाउँघर क्लिनीक उद्घाटन कार्यक्रममा जग्गादाता मानसिह धामीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रममा मालिकार्जुन गाउँकार्यपालिका सदस्य सुन्दरी लुहार, नेपाली काङग्रेस मालिकार्जुन गाउँपालिका वडा नं ३ का वडा सभापति भुपेन्द्र सिह धामी, मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक राम दत्त भट्ट, पोषण स्वयंसेवक रबी धामी, स्वास्थ्य कर्मचारी, स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।