मालघाट तुईन घटना छानविन समितिलाई प्रतिबेदन बुझाँउन दोस्रो पटक म्याद थप

691

दार्चुला, भाद्र ३ गते ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ मालघाटमा भारतीय एसएसबीले तुईन खुस्काएको विषयमा छानविन गरिरहेको समितिलाई पुनः दोस्रो पटक एक हप्ता म्याद थप गरिएको छ ।


समितिले प्रतिबेदन बुझाउन म्याद थप गर्न अनुरोध गरेअनुसार विहिबारबाट लागु हुनेगरि एक हप्ता म्याद थप गरिएको गृह मन्त्रालयका प्रबत्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
साउन १५ गते ब्यास २ का युवा जय सिह धामी महाकाली नदीमाथी तुईन तरेर भारतीय बाटो हुदै दार्चुला सदरमुकाम आउन लाग्दा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईनको लट्ठा खुस्काएर महाकाली नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताउदै आएका छन् । उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले साउन १७ गते सहसचिव जनार्दन गौतम संयोजक रहेनगरि पाँच सदस्यिय समिति समिति गठन गरेको थियो । उक्त समितिलाई दश दिन भित्र प्रतिबेदन बुझाउन भनिएको थियो । दश दिन भित्र प्रतिबेदन बुझाउन नसकेपछि गृह मन्त्रालयले साउन २६ गते पहिलो पटक एक हप्ताको म्याद थप गरेको थियो । थप गरिएको एक हप्तामा पनि प्रतिबेदन बुझाउन नसकेपछि मन्त्रालयले समितिको आग्रहमा पुन एक हप्ता म्याद थप गरेको छ ।
घटनाबारे सुचनाहरु संकलन गरिएको र प्रतिबेदन लेख्ने काम सुरु नगरिएको छानविन समिति संयोजक जनार्दन गौतमले जानकारी दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको ड्रोन विज्ञको टोलीले हाल महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !