मार्मा गाउँपालिकाको शेरीमा विपन्न परिवारलाई राहत वितरण

0
1607

दार्चुला, चैत्र २६ गते ।

मार्मा गाउँपालिकाको शेरीमा राहत वितरण गरिएको छ । सरकारले अतिविपन्न परिवारलाई राहत वितरण गर्ने योजना अनुसार मार्मा गाउँपालिका वडानम्बर ६ ले आज वडामा रहेका अतिविपन्न ९ परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाको राहत वितरण कार्यविधि अनुसार राहत वितरण गरिएको वडाअध्यक्ष महादेव सिह डडालले जानकारी दिनुभयो ।
१ जना देखि २ जना सम्मको परिवारलाई प्रतिपरिवार १५ किलोग्राम चामल,डेढ किलोग्राम दाल,१ किलोग्राम नुन, १ लिटर तेल र २ ओटा सावुन वितरण गरीएको वडाअध्यक्ष डडालले बताउनु भयो । त्यस्तै ४ जना भन्दा बढि संख्याको परिवारलाई ३० किलोग्राम चामल,३ किलोग्राम दाल,२ लिटर तेल, २ किलोग्राम नुन र ४ ओटा साबुन वितरण गरेको स्थानिय पत्रकार दिपेन्द्रसिह डडालले बताएका छन् ।