मार्मामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

0
688

दार्चुला, पुस १७ गते । मार्मा गाउँपालिकामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय मार्मा गाउँपालिकामा कोरोना संक्रमण देखिएका पाँच जनाको कन्टेक्ट ट्रेसीङका आधारमा २४ जनाको कोरोना परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेहरु वडा नं ३ र ४ का रहेको बताईको छ । यो संगै दार्चुलामा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय २० पुगेको छ । दार्चुलामा हाल कोरोनाका संक्रिय संक्रमितहरुको संख्या ९ रहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभएको छ ।