पारिबगडमा खाद्यान्न बोकेको जीप दुर्घटना

0
851
खाद्यान्न बोकेको जीप

दार्चुला, जेठ २६ गते ।
दार्चुलाको मार्मा गाउँपालिकामा खाद्यान्न बोकेको जिप दुर्घटनामा परेको छ ।

गोकुलेश्वरबाट अपिहिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको जीप मार्मा गाउँपालिका वडा नं १ पारिवगडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । बुधबार दिउसो करिब तीन बजेर ४५ मिनेटको समयमा सुपप्र ०१००१ ज १३२१ नम्बरको जीप सडकबाट करिब १५२० मिटर तल खसेको उहाँको भनाई छ । जीप बैतडीको दोगाडाकेदार गाउँपालिकाका आन सिह कार्कीले चलाइरहेका थिए । दुर्घटनामा जीपको अगाडी र पछाडीको भागमा क्षती पुगेको र चालक सकुसल रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । खाद्यान्न बोकेको जिप दुर्घटनामा परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।