मार्माको शेरीमा विद्युत प्रशारण लाइन विस्तार हुदै

0
1180

दार्चुला, बैशाख २३ गते ।

मार्मा गाउँपालिका वडानम्बर ६ शेरीमा विद्युत लाईन विस्तार गर्ने कार्य सुरु भएको छ । मार्मा गाउँपालिका वडानम्बर ६ शेरीमा सामाजिक दुरी कायम गरि विद्युत लाइन विस्तार गर्र्ने कार्य सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष रमेशसिह कोट्टारीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०७६।७७ मा कार्यान्वयन हुने गरि गाउँपालिकाले विनियोजन गरेको ८ लाख बजेटबाट विद्युत लाईन विस्तार भइरहेको उपभोक्ता समितिका अध्यक्ष कोट्टारीले बताउनु भयो । उक्त बजेटबाट २५ वटा शाखा पोल विस्तार गरिने ४ हजार ५ मिटर तार र अन्य जडानका सामाग्री खरिद गरिएपछि लाइन तान्ने काम सुरु भएको उहाँले बताउनुभयो । साविकको शेरी गाविसको वडानम्बर ७ का विभिन्न टोलमा लाइन विस्तार हुने स्थानिय पत्रकार दिपेन्द्रसिह डडालले बताएका छन् ।