पवित्र महाकाली नदी स्वच्छता अभियानमा सेनाको ऐक्यवद्धता

0
530

दार्चुला, फागुन १२ गते । 
‘पवित्र महाकाली नदी स्वच्छता अभियान’मा ऐक्यवद्धता जनाउदै नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगा स्थित नदी किनारमा रहेको बसपार्कमा होर्डिङबोर्ड राखेको छ ।

दार्चुला टिंकर सडकको निर्माण गरिरहेको नेपाली सेनाको विकास निर्माण कार्यदल २ नम्बर गणले अभियानमा ऐक्यबद्धता जनाउँदै नदी स्वच्छ राख्न सन्देश लेखिएको होर्डिङबोर्ड राखेको  अभियानका संयोजक शंकर सिह धामीले जानकारी दिनुभयो । खलंगा बजारको नदी किनारका बस्ती तथा होटेल पसलहरुबाट नदीमा फोहोर फाल्ने क्रम बढेपछि त्यसको रोकथामका लागि पवित्र महाकाली नदी स्वच्छता अभियान सञ्चालन गरिएको छ । अभियानले नदीको स्वच्छता र सरसफाइका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । यस अभियानमा विभिन्न सरकारी निकाय तथा संघसंस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् ।