महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता

1137

विरा दत्त भट्ट, दार्चुला । महाकाली नगरपालिकाको वडा नं ६ थालिगाड भन्ने ठाउँबाट महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकि छिन् ।
महाकाली नगरपालिका वडा नं ७ ओखलगाडा घर भएकि अन्दाजी बर्ष ३० कि कुस्मा थापाले महाकाली नदीमा हाम फालेकी छिन् ।
आइतबार मध्यान्ह तिर थालिगाड भन्ने ठाउँबाट ति महिलाले महाकाली नदीमा हाम फालेको बुझिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
महाकाली नदीमा बगेर बेपत्ता महिलाको खोजीका लागी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर विष्ट, लगायत सशस्त्र प्रहरीको टोली महाकाली नदी किनारमा पुगेको प्रहरी निरिक्षक जोशीको भनाई छ । खोजीका लागी दत्तु प्रहरी चौकी र जौलजिवि प्रहरी चौकीलाई पनि महाकाली नदी अवलोकनका लागी निर्देशन दिएको उहाँले बताउनुभयो ।
महाकाली नदीमा हाम फालेर बेपत्ता महिला कुस्मा थापाका श्रीमान प्रेम थापा रोजगारीका लागी भारतमा रहेको बुझिएको प्रहरी श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !