महाकाली नदीमा बगेका पुरुषको मृत्यु

0
367

दार्चुला, माघ २५ गते ।
दार्चुलाको महाकाली नदीमा बगेर एक जना वृद्धको ज्यान गएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर २ पन्डोरा घर भएका अन्दाजी ७० वर्षीय विर सिंह बडाल बुधबार दिउसो २ बजेको समयमा महाकाली नदीमा बगेका थिए । उनको उपचारको क्रमका जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको हो । बडाल महाकाली नदीमा बगीरहेको स्थानियले देखे पछि प्रहरी र ससस्त्र प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ ससस्त्र प्रहरी र प्रहरीको टोलीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । उनको उद्धारको लागि ससस्त्र प्रहरी जवान पुष्कर सिंह शाहीले महाकाली नदीमा गई बगीरहेका वृद्धलाई बिच नदीबाट उद्धार गरेका थिए । तर उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी जगत गहा मगरले जानकारी दिनु भयो । मृतक पुरुषले हाम फालेका हुन वा चिप्लिएर बगेका हुन भन्ने थाहा नभएको र अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।