महाकाली नदीबाट बालुवा उत्खननमा रोक

0
1006
फोटोः दार्चुलाको महाकाली नदी किनारमा बालुवा उत्खनन गर्दै स्थानिय

दार्चुला, भाद्र २५ गते ।

दार्चुला सदरमुकाम क्षेत्रको महाकाली नदी किनारबाट बालुवा निकाल्न रोक लगाइएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको छेउबाट बालुवा झिक्ने प्रकारका कार्यहरु नर्गन सूचना जारी गरेको छ ।
तटबन्धको संरचनामा स–साना कटेरा बनाई भट्टी सञ्चालन गर्ने, तटबन्धको छेउबाट बालुवा झिक्ने, तटबन्ध क्षेत्रमा बालुवा थुपार्ने, ढुङ्गा गिट्टी जस्ता निर्माण सामग्री तटबन्धमा राख्न तथा सिमेन्ट ब्लकहरु निर्माण गर्ने कार्यहरुले निर्माणधीन तटबन्धमा क्षती भइरहेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक रण बहादुर बमंले जानकारी दिनुभयो ।
विहिबार एक सूचना जारी गर्दै महाकाली नदी नियन्त्रण आयोजनाले उक्त कार्यहरु नगर्न र गरिएको भए १५ दिनभित्र तटबन्ध क्षेत्र खाली गर्न आग्रह गरेको छ । तटबन्ध क्षेत्र खाली नभएमा कानुन बमोजिम कारवाही गरिने महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।