महाकाली नदीबाट प्रहरीले निकालेको बेवारिशे शब भारतीय महिलाको

0
601

दार्चुला, साउन १२ गते ।
दार्चुला सदरमुकाम खलंगाको गल्फै क्षेत्रको महाकाली नदी किनारबाट प्रहरीले निकालेको बेवारिशे शब एक भारतीय महिलाको भएको पुष्टि भएको छ ।

बेवारिशे शब भारतको धार्चुला तहशिल अन्र्तगतको गलातिकी स्थानिय हाल धार्चुलाको खोतिला बस्दै आएकी बर्ष ४४ कि ममता देबीको रुपमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । नरलाल बर्माकी श्रीमती ममताले मंगलबार विहान करिब ११ बजेतिर खोतिला क्षेत्रबाट महाकाली नदीमा हाम फालेको बुझिएको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण महिलाले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । आफन्तहरु शब बुझ्न नेपाल आएकाले शब आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक ऐरीको भनाई छ । मृतक महिलाको पोष्टमार्टम भारतको धार्चुला अस्पतालमा हुनेछ ।

सम्बन्धित समाचारः महाकाली नदीमा महिलाको बेवारिसे शब फेला