महाकाली नगरपालिका क्षेत्र सिल

0
895

दार्चुला, भाद्र २४ गते ।
ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना पाइएपछि दार्चुलाको महाकाली नगरपालिका सिल गरिएको छ ।
भाद्र २१ गते महाकाली नगरपालिकामा स्वाब संकलन गरि परिक्षणका लागि पठाइएका ४७ जना मध्ये २ जनाको पिसिआर रिर्पाेट पोजेटिभ पाइएको छ ।
जसमध्ये एक जना शैलुन ब्यवसायी रहेकाले उनिसंगको सम्पर्कमा धेरै मानिस हुन सक्ने र समुदायमा कोरोना फैलिने जोखिम रहेकाले महाकाली नगरपालिका सिल गरिएको छ ।

स्वास्थ्य सेवाका मापदण्डको पालना गरि अत्यावस्यक सेवा विहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म खुला रहने तथा औषधि पसलहरु २४ सै घण्टा खुला रहने प्रशासनले सूचना जारी गरेको छ । भाद्र २४ गते बेलुकी ७ बजे देखि अर्काे सूचना जारी नभएसम्म नगरपालिका क्षेत्र सिल गरिएको छ । उलङ्घन गरे संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।