महाकाली नगरपालिकामा कोरोना नियन्त्रण तथा ब्यवस्थापनमा १ करोड २२ लाख बढी खर्च

984
फाइल फोटोः महाकाली नगरपालिकाको धाप स्थित क्वारेन्टाइनको अनुगमन गर्दै नगर प्रमुख हंश राज भट्ट

दार्चुला, असार २८ गते ।

दार्चुलाको महाकाली नगरपालिकाले कोरोना नियन्त्रण तथा ब्यवस्थापनमा ३ महिनाको अवधिमा १ करोड २२ लाख ४७ हजार ९ रुपैया खर्च गरेको छ ।
नेपाल सरकारले लकडाउन घोषणा गरेयता अर्थात गत फागुन देखि जेठ सम्मको अवधिमा कोरोना नियन्त्रण तथा ब्यवस्थापनमा उक्त रकम खर्च गरिएको महाकाली नगरपलिकाका प्रबत्ता पुस्कर राज जोशीले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरुको खाना, ओढ्ने ओच्छ्याउने ब्यवस्थापनमा २२ लाख ९९ हजार ८ सय ८१ रुपैया खर्च भएको छ भने क्वारेन्टाइनमा खटिएका स्वयंसेबकहरुको खाजा भत्ता बाफत ७ लाख ५२ हजार ५ सय खर्च भएको उहाँले जानकारी दिनुभयो ।
महाकाली नगरपालिकाले ५ ठाउँमा ब्यवस्थापन गरेको क्वारेन्टाइनहरुमा १५ देखी ३२ दिन सम्म २० महिला र ३ सय ५ जना पुरुष गरि ३ सय २५ जना, १४ दिन सम्म ५ सय २५ जना, २ देखी १३ दिन २ सय २० जना, १ दिन ९ सय १८ जना क्वारेन्टाइनमा बसेको तथ्याङ्क रहेको छ ।
यसरी विभिन्न अवधिमा क्वारेन्टाइनमा बसेका १९ सय ८८ जनाको क्वारेन्टाइन ब्यवस्थापनमा मात्रै ३० लाख ५३ हजार ३ सय ८१ रुपैया खर्च भएको तथ्याङ्कले देखाउँछ ।
त्यसैगरि कोरोना नियन्त्रण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद ७ लाख ५५ हजार ७ सय ४५ रुपैया खर्च भएको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले जानकारी दिनुभयो ।
साथै स्वास्थ्यकर्मी ब्यवस्थापन तथा परिचालनमा १० लाख ८ हजार ५ सय ९० रुपैया खर्च भएको छ । उक्त ब्यवस्थापनमा ३ दर्जन स्थास्थ्यकर्मी तथा सहयोगीहरु परिचालन भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला बाहिर रहेका नगरपालिका बासिहरुलाई ल्याउनमा ६ लाख ८८ हजार ७ सय गाडी भाडा खर्च भएको छ ।
नगरपालिकाले बितरण गरेको खाद्यान्नमा ६७ लाख ४१ हजार ५ सय ९३ रुपैया खर्च भएको प्रबत्ता जोशीले बताउनुभयो ।
खाद्यन्न मध्ये सुफत मुल्य पसलको केहि खाद्यान्न बाकी रहेको बताइएको छ ।
त्यसैगरि नगरपालिकामा ८१ महिला र ५ सय ५८ पुरुष गरि ६ सय ३९ जनाको आरडीटी परिक्षण गरिएको छ । जसमध्ये १३ पुरुष, १ महिला र १ बालक गरि १५ जनाको पोजेटिभ पाइएको थियो । नगरपालिका भरिका २० महिला र २ सय ३४ गरि २ सय ५४ जनाको पिसिआर परिक्षण भएको प्रबत्ता जोशीले बताउनुभयो । जस मध्ये २ जनाको रिर्पाेट पोजेटीभ पाइएको थियो ।
हाल महाकाली नगरपालिकाको क्वारेन्टाइनमा २६ जना र ८ जना आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।
जेठ मसान्त सम्मको कोरोना नियन्त्रण तथा ब्यवस्थापनको खर्च विवरण सार्वजनिक भएपनि असार मसान्तको विवरण तयार गर्न बाकि रहेको प्रबत्ता जोशीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !