महाकाली नगरपालिकाको डम्पिङ साइट महाकाली नदी ( फोटो )

0
1010

दार्चुला, साउन २५ गते ।
दार्चुलाको महाकाली नगरपालिकाले महाकाली नदीलाई डम्पिङ साइटको रुपमा प्रयोग गरेको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट गाडिहरुमा फोहोर संकलन गरि महाकाली नदीमा फाल्ने गरेको पाइएको छ ।
महाकाली नगरपालिकाले खलंगा बजार क्षेत्रको फोहोर ब्यवस्थापनका लागि सरसफाई केन्द्र निर्माण गरिरहेको र काम अन्तिम चरणमा रहेको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कार राज जोशीले जानकारी दिनुभयो ।
हाल खलंगा बजार क्षेत्रका संकलन भएको फोहोर नगरपालिकाले नमस्कार नजिकको क्षेत्रमा फाल्दै आइरहेको प्रबत्ता जोशीको भनाई छ । तर नगरपालिकाको गाडीले खलंगा बजार क्षेत्रका संकलन भएको फोहोर महाकाली नदीमा फाल्ने गरेको पाइएको छ ।


पवित्र नदी महाकालीमा फोहोर फाल्नु नगरपलिकाको गैरजिम्मेवारीपन रहेको दार्चुलाका पत्रकार लक्ष्मण सिह धामीको भनाई छ ।
नगरपालिकाले फोहोर फाल्नका लागि ब्यपस्थापन गरेको क्षेत्रमा कर्मचारीहरुलाई फोहोर फाल्न लगाइने महाकाली नगरपालिकाका प्रबत्ता पुस्कार राज जोशीको भनाई छ ।
‘नदीमा फोहोर फल्नु राम्रो होइन, कर्मचारीहरुलाई नगरपालिकाले ब्यवस्थापन गरेको ठाउँमा फोहोर फाल्न लगाउछौ’ प्रबत्ता जोशीले भन्नुभयो ।