महाकाली तरेर चार नेपाली धार्चुला पुगे

0
880
फाईल फोटोः महाकाली नदी तरेर भारतबाट नेपाल आउदै नेपाली नागरिक

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना प्रभावले नेपाल र भारत दुबै देशमा लकडाउन गरिएपछि सिमानाकाहरु बन्द गरिएको छ । सिमा नाका बन्द गरिएको अवस्थामा ४ जना नेपालीहरु महाकाली नदी तरेर पारि धार्चुला पुगेका छन् ।
पिथौरागढ जिल्लामा पसलहरु खुल्ने सूचना पाएपछि रोजगारीका लागी महाकाली तरेर भारत पुगेको उनिहरुले बताएका छन् ।
नदी तरेर पारी जानेमा दार्चुला खलंगाका शंकर सिह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम रहेका छन् । सोधपुछका लागि प्रहरीले चारै जनालाई हिरासतमा लिएको छ । चारै जनाको स्वास्थ्य परिक्षण गरि नेपालीहरुका लागी ब्यवस्थापन गरिएको ब्रह्म राहत शिवरमा पठाउने तयारी भइरहेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लखेको छ ।
उनिहरु मध्ये एक जना नेपाल रोडमा कपडा पसलमा काम गर्ने र अन्य तिन जना सुनचादी पसलमा काम गर्ने गरेका थिए ।
मंगलबार विहान २ बजे महाकाली नदी तर्ने क्रममा गस्तीमा रहेको एसएसविले उनिहरुलाई पक्राउ गरेको थियो ।