महाकाली किनारको दुई किलोमिटर सडक ध्वस्त

0
1057

असार २५ गतेको घटना

दार्चुला, साउन १ गते ।
अतिक्रमित नेपाली भूमि नाभी गाउँनजिक बादल फाटेको घटना असार २५ गते मंगलवार भएको तथ्य खुलेको छ । भारतीय पत्रिका अमर उजाला दैनिकले यस सम्बन्धि एक हप्तापछि असार ३० गते समाचार लेखेको छ । गुञ्जीबाट नाभी गाउँहुँदै कुटी जोड्ने २ किलोमिटर सडक ध्वस्त भएको समाचारमा उल्लेख छ ।

महाकाली नदी किनारको पूर्वपट्टिबाट हिमालय क्षेत्रको चट्टान फुटेर नदीमा खसेको छ । नाभी र कुटी गाउँको बीचमा पर्ने नाम्पाक्षेत्रमा घटना भएको हो । त्यसक्षेत्रको दुई किलोमिटर सडकको भग्नावशेषसमेत नरहेको अमर उजाला दैनिकमा उल्लेख छ ।

नदीको वहाव थुनिएर ठूलो तलाउ बनेको र यसबाट जोखिम बढेको समाचारमा उल्लेख छ । समाचारमा महाकाली नदीलाई कुटी यांगती भनिएको छ । यद्यपि लिम्पियाधुराबाट बग्ने महाकाली नदी हो ।

नेपालले सुगौली सन्धीको आधारमा सिमा नदी महाकाली भएको बताउदै नयाँ नक्सा समेत जारी गरेको छ । भारतले भने लिम्पियाधुराबाट बग्नेलाई कुटी यांगती र कालापानीबाट आउने सानो खोलालाई महाकाली बताउदै आएको छ ।

असार २५ गतेको घटनापछि कुटी गाउँसम्मको सडक र पैदल मार्गको सम्पर्क बन्द भएको छ ।