महाकालीमा राखिएको दोपाखेको काठेपुल भत्कियो ।

0
2619

महाकाली नदीमाथि दोपाखेमा राखिएको काठेपुल भत्किएको छ । नेपाल र भारत सरकारको सहमतिमा करिब दुई महिनाअघि राखिएका तीनवटा काठेपुलमध्ये दोपाखेको पुल भत्किएको हो ।
व्यास गाँउपालिकाको वडा नम्बर २ पार्ने दोपाखेमा काठेपुल राखिएकोे थियो । महाकाली पारी भारततिर छङकङ भन्ने स्थान र नेपालको दोपाखेबीच काठेपुल राखिएको थियो । महाकाली नदीमा पानीको सतह बढेपछि पुल क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् । जेठ ३ गते काठेपुल बगाएको स्थानीय होटल व्यवसायी सावित्री भण्डारीले बताउनुभयो ।
नदीमा पानी बढेपछि दोपाखे र छङकङबीच रहेको काठेपुल बगाएको उक्त ठाँउबाट तम्बाकु फर्किएका भरिया हरि खातीले बताउनुभयो । काठेपुलको बीचभाग नदीले भत्काएपछि आवतजावत अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।
दोपाखेको काठेपुल भत्किएपछि अहिले थिईको फेद र नजंङ जोड्ने महाकाली नदीमाथिको काठेपुलको प्रयोग बढेको छ । भारतको लखनपुर र नेपालको तम्बाकु जोड्ने काठेपुल पार गरी यात्रीहरुले नेपाली भूमि हिडिरहेका छन् । थिईको फेद र नजंङ जोड्ने पुल तरेर फेरि भारतीय बाटो हिड्नुपर्ने अवस्था छ ।
घोडाखच्चड, भेडाबाख्रा र गाइवस्तुसहितका भरियाले यही बाटो प्रयोग गरिरहेका छन् । झोला र भारी ठूलो नभएका तथा पैदल यात्रीले तम्बाकुदेखि थिईको फेद, घाटिबगड हुँदै दोपाखेसम्मको नेपाली बाटो हिडिरहेका थिए । दोपाखेको काठेपुल भत्किएपछि अहिले घाटिबगडमा राखिएको काठको साघुरो वाला तरेर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
भरिया, घोडाखच्चड र अधिकांश यात्रीले अहिले थिईको फेद र नजंङबीच जोड्ने काठेपुलको प्रयोग गरिरहेका छन् ।

बाँकी पुल पनि बग्ने जोखिम

भारततर्फ सडक निर्माणका कारण गोरेटो बाटो बन्दभएपछि भारतको लखनपुरदेखि नेपालको तम्बाकु हुँदै यात्रा गर्नुपर्ने अवस्था छ । लखनपुर र तम्बाकुमा एउटा काठेपुल राखिएको छ भने त्यहाँबाट दुई किलोमिटर माथि नेपालको थिईको फेद र भारतको नजंङमा अर्को काठेपुल राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here