महाकालीमा बेपत्ता धामीको शब ड्रोनले खोज्न दार्चुलाका प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ

0
658
फाइल फोटोः घटनास्थल ब्यास २ मालघाट

दार्चुला, साउन २६ गते ।
भारतीय एसएसबीले तुईनको डोली फुकाल्दाँ महाकाली नदीमा खसेर बेपत्ता भएका ब्यास गाउँपालिकाको २ मालका युवा जय सिह धामीको शब खोज्न ड्रोनको प्रयोग गरिन लागेको छ ।

महाकाली नदीमा ड्रोनले शब खोज्न दार्चुलाका प्रहरी प्रमुख नेतृत्वको टोली मंगलबार घटनास्थल तर्फ प्रस्थान गरेको छ । काठमाण्डौबाट ड्रोन लिएर आएका सहित दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट नेतृत्वको प्रहरी टोली मंगलबार घटनास्थल मालघाट तर्फ गएको दार्चुलाका प्रहरी प्रबत्ता एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । डिएसपी भट्ट नेपालको बाटो भएर तथा काठमाण्डौबाट आएको टोली भारतको बाटो भई तिग्रम पुल तरेर तिग्रम हुदै घटनास्थल जानेछ । डिएसपी भट्टको टोली आज सुन्सेरा पुगेको प्रहरी निरीक्षक चन्दको भनाई छ । महाकाली नदीमा ड्रोन उडाएर बेपत्ता धामीको शब खोजी गर्नका लागि भारत संग जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमती मागेको थियो । भारतबाट हाल सम्म कुनै प्रतिक्रीया नआएकाले नेपालको महाकाली नदी किनारमा ड्रोनको सहायताले शबको खोजी गरिने प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ । साउन १५ गते भारतको बाटो प्रयोग गरि दार्चुला सदरमुकाम आउन लागेका ब्यास २ माल गाउँका युवालाई महाकाली नदीमाथी तुईन तरेर भारत प्रबेश गर्दा एसएसबीले तुईन फुकालिदिएको थियो ।